10 महिना अगाडी
2077-01-12
कोरोना भाइरस (COVID-19) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा नेपाल सरकार बाट जारी भएको LOCKDOWN आदेशको कारण बजारमा दैनिक उपभोग्य बस्तुहरुको ढुवानी तथा आपूर्ति , मूल्य तथा गुणस्तरमा पर्न सक्ने संभावित असर प्रभाव लाइ ध्यानमा राखी यस कार्यालय तथा इलाका प्रहरी कार्यालय सिमरा को संयुक्त टोलि द्वारा खाध बस्तु उत्पादन गर्ने उधोग कलकारखाना डिलर तथा खुद्रा बिक्रेताहरुको अनुगमन निरिक्षण भइ रहेको छ | उपभोग्य बस्तुको अस्वाभाविक मूल्य बृधिका सम्बन्धमा प्राप्त उजुरी तथा गुनासा हरुका आधारमा उधोगी व्यवशायी हरु संग बिलबिजक भरपाईका माग गरि तुलनात्मक अध्यन तथा मुल्य बिश्लेष्ण भइ रहेको र उपभोग्य बस्तुहरुको सरल र सुलभ उप्लाबधता र मूल्य सम्बन्धमा उधोगी व्यवशायी हरु र जीतपुर सिमरा नगर उधोग वाणिज्य संघ संग समन्वय भइ रहेको छ |
यस सन्दर्भमा बजारमा कालो बजारी मूल्य बृधि नाफाखोरी माल्बस्तुको बिचलन जम्मखोरी तथा कृत्रिम अभाव झुक्याई बिक्रि वितरण मिसावट आदि सम्बन्धमा कुनै गुनासो उजुरी भए ईलाका प्रशासन कार्यालय सिमराको फोन न. ०५३-५२००३३, ९८५५०२९७७७ वा इलाका प्रहरी कार्यालय सिमराको फोन न. ९८५५०९०६६६ मा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ |
कृष्ण गैह्रे
उप सचिव/कार्यालय प्रमुख
ईलाका प्रशासन कार्यालय
सिमरा, बारा
०५३-५२००३३, ९८५५०२९७७७
E-mail :- ilakaprashasan@gmail.com
aaosimara@gmail.com
Web :- http://aaosimara.moha.gov.np